जुम्लामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

जुम्लामा जिप दुर्घटनामा परेको छ । जुम्ला बजारबाट पातरासी गाउँपालिका लासी जाँदै गरेको जिप दुर्घटना हुँदा एक जनाको घटनस्थलमै मृत्यु भएको छ।  दुर्घटनामा परी मृत्यु हुनेमा पातरासी गाउँपालिका-१ खालाढिकका छोजुम लामा रहेकी छन्।

दुर्घटनामा परेका अन्य ९ जना घाइते भएका छन् । सोमबार दिउँसो ४ बजे पातरासी गाउँपालिका-६ स्थित कोटा भीरमा ग १ ज ४०३५ नम्बरको जिप दुर्घटना भएको बताइएको छ । 

घाइते सबैलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको जनाइएको छ । 





  • प्रकाशित मिति : माघ २, २०७९ साेमबार १७:४:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया