सत्ता गठबन्धनमा भएको भागबन्डामा एमालेले आफ्नो भागमा परेका मन्त्रालयको लागि मन्त्रीको नाम टुंगो लगाइरहेको छ । एमालेले मन्त्री बन्ने थप चार जनाको नाम टुंगो लगाएको छ ।
एमालेको भागमा परेको आठ मध्ये चार जना यसअघि नै मन्त्री बनिसकेका छन् । एमालेबाट विमला राई पौड्याल, पदम गिरी, भगवती चौधरी र हरि उप्रेति मन्त्री बन्दैछन् ।
पौड्याल राष्ट्रिय सभाकी सांसद हुन् । उनले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाउने निश्चित छ । त्यस्तै गिरीले स्वास्थ्य मन्त्रालय पाउने छन् । अन्य दुई जनालाई कुन जिम्मेवारी दिने भन्नेबारे छलफल भइरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।