सुदूरपश्चिम प्रदेशको सभामुखमा नेकपा माओवादी केन्द्रका भीमबहादुर भण्डारी निर्वाचित भएका छन् । ५२ जना प्रदेश सभा सदस्यले मंगलबार मतदान गर्दा भण्डारीले २९ मत पाएका हुन्।
नागरिक उन्मुक्ति पार्टीका सात जना प्रदेश सभा सदस्यहरुले पनि भण्डारीको पक्षमा मतदान गरेका हुन् ।
कांग्रेसका उम्मेदवार मानबहादुर रावलले २३ मत पाएका छन् । यसअघि २८ पुस र ३० पुसमा भएको निर्वाचनबाट कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि सभामुख चयन हुन सकेको थिएन।
सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, राप्रपाका एक र एक जना स्वतन्त्र सांसद रहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।