राजेन्द्र लिङ्देन बने उपप्रधान तथा उर्जामन्त्री
फाइल तस्बिर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान तथा उर्जामन्त्री नियुक्त भएका छन् । मंगलबार राष्ट्रपति कार्यालय, शीतल निवासमा उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका हुन् ।

प्रचण्ड सरकारमा उपप्रधानन्त्री चार जना पुगेका छन् । एमाले उपाध्यक्ष विष्णु पौडेल उपप्रधान तथा अर्थ, माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधान तथा भौतिक पूर्वाधार र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री यसअघि नै बनिसकेका थिए । 

लिङ्देन ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्री बन्दा राप्रपाबाटै ध्रुबबहादुर प्रधान कानून मन्त्री भएका छन् भने बिक्रम पाण्डे सहरी विकास मन्त्री र दीपक सिंह ऊर्जा राज्यमन्त्री भएका छन्। 





  • प्रकाशित मिति : माघ ३, २०७९ मंगलबार १३:७:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया