सेयर बजारमा ३२.७२ अंकले वृद्धि, तीन अर्बभन्दा बढीको कारोबार

मंगलबार सेयर बजारमा वृद्धि भएको छ  नेप्से परिसूचकमा आज ३२.७२ अंकले उकालो लाग्दा २१८२.११ विन्दुमा आएर रोकिएको छ । साथै, मंगलबार २५० कम्पनीको कारोबार भएको छ । आज एक करोड १८ लाख ८३ हजार २८७ कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ७२ करोडभन्दा बढीको सेयर कारोबार भएको छ । 

यस्तै,आज अपी पावर कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको २३ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । साथै, दोश्रोमा माथिल्लो तामाकोशी हाइड्रोपावर कम्पनीको ११ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।

ग्रिन भेन्चर्स, आदर्श लघुवित्त वित्तिय संस्था र पिपुल्स हाइड्रोपावर कम्पनीको १० प्रतिशतले मूल्य वृद्धि भएको हो । साथै बाराही हाइड्रोपावर र घलेम्दी हाइड्रोको करिब १० प्रतिशतले मूल्य वृद्धि भएको छ । 

यस्तै, कुल १६९ कम्पनीमा उकलो लागेको छ भने ३० कम्पनीमा ओरालो लागेको छ । साथै ६ कम्पनी भने स्थिर रहेको छ । आज १३ उपसुचकहरु मध्ये बैंकिङ बाहेका सबै उपसूचकहरूमा हरियाली छाएको छ ।





  • प्रकाशित मिति : माघ ३, २०७९ मंगलबार १६:१६:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया