पल शाहलाई तनहुँ जिल्ला अदालतले दियो सफाइ
फरकधार / ३ माघ, २०७९

तनहुँ कारागार दमौलीमा थुनामा रहेका अभिनेता पल (पूर्णविक्रम) शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ । उनी नाबालिका जबर्जस्ती करणीको अभियोगमा थुनामा परेका थिए ।



मंगलबार भएको बहसपछि शाहलाई अदालतले सफाइ दिएको अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले बताए । जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले सो फैसला गरेको हो ।  

शाहविरुद्धको सुनुवाइमा अभियोग दाबी नपुगेकोले अदालतले फैसला सुनाएको हो । फैसलाउपर चित्त नबुझे पीडित पक्षलाई पुनरावेदन जाने छुट रहन्छ । 



शाहविरुद्धको मुद्दाको अन्तिम सुनुवाइमा वरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले, परशुराम गिरी, कृष्णबहादुर थापा र अधिवक्ता भानुभक्त सुवेदीले बहस गरेका थिए ।



सोही प्रकृतिको मुद्दामा नवलपुर अदालतले भने शाहविरुद्ध गत भदौ २१ गते २ वर्ष ६ महिना कैद फैसला सुनाएको थियो । सोही फैसला अनुसार शाह तनहुँ कारागारमै रहने भएका छन् । 

  • प्रकाशित मिति : माघ ३, २०७९ मंगलबार १९:१३:३७,   अन्तिम अपडेट : माघ ३, २०७९ मंगलबार २१:५५:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया