प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसलगायत दलसँग राष्ट्रपति र सभामुखको चुनावमा सहमतिबाट अघि बढ्न प्रस्ताव गरेका छन् ।
प्रधानमन्त्री दाहालले मंगलबार बालुवाटारमा आफूलाई विश्वासको मत दिने दलहरूको छलफल आयोजना गरेका थिए । सो बैठकमा प्रधानमन्त्री प्रचण्डले मिलेर जान प्रस्ताव गरेका हुन् ।
बैठकपछि कांग्रेस नेता लेखकले प्रधानमन्त्रीले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख सहितका पदमा सहमतिमा जान प्रस्ताव गरेको बताए । उनले भने, ‘हामी प्रतिपक्षीमा छौं । सभापति शेरबहादुर देउवा विपक्षी दलको नेताको हैसियतमा छलफलमा आएको बताउनुभयो ।’
विषय प्रवेश भए पनि यसबारे कुनै सहमति नभएको लेखकको भनाइ छ । प्रधानमन्त्रीले मिलेर जान गरेको प्रस्तावमा आफूहरू छलफल गर्न तयार रहेको उनले बताए ।
माघ ५ गते सभामुखको निर्वाचन हुने कार्यतालिका छ भने राष्ट्रपतिको निर्वाचन माघ २८ गतेभित्र गरिसक्नुपर्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।