सुदूरपश्चिमको उपसभामुखमा एमालेकी चौधरी निर्वाचित

सुदूरपश्चिम प्रदेशको उपसभामुख पदमा एमाले सांसद कोइलीदेवी चौधरी निर्वाचित भएकी छन् । चौधरीको पक्षमा सत्तारुढ गठबन्धन माओवादी केन्द्र, नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी र राप्रपाले मतदान गरेका थिए ।

चौधरीसँग एकीकृत समाजवादीकी सांसद माया पन्त प्रतिस्पर्धामा थिइन् । पन्तलाई भने कांग्रेस, एकीकृत समाजवादी र स्वतन्त्र सांसदले समर्थन गरेका थिए ।

मुख्यमन्त्री एमाले, सभामुख माओवादी केन्द्र र उपसभामुख नागरिक उन्मुक्तिलाई भागबण्डा गरेको सत्ता गठबन्धनले उपसभामुख पद नागरिक उन्मुक्तिले लिन नमानेपछि एमालेले चौधरीलाई उम्मेदवार बनाएको थियो । 

पद नलिए पनि नागरिक उन्मुक्तिले सत्ता गठबन्धनलाई सघाइरहेको छ । उसले सरकारमा पनि नजाने बताएको छ ।

प्रदेश उपसभामुखमै उम्मेदवार रहेकी नेकपा एकीकृत समाजवादी पार्टीकी माया पन्तले भने २४ मतमात्रै प्राप्त गरेकी थिइन् । प्रदेश सभाको तत्कालीन कायम रहेका सदस्य संख्याको बहुमत अर्थात् २७ सदस्यको समर्थन नपाएपछि सभामुख भण्डारीले उनको उम्मेदवारी अस्वीकृत गरेका हुन् । 

प्रदेशसभाको अर्को बैठक माघ ११ गते दिउसो २ गते बस्नेछ ।





  • प्रकाशित मिति : माघ ३, २०७९ मंगलबार १९:५७:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया