पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावका कारण आज मौसम बदली भएको छ । आज गण्डकी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमामा आंशिक बदली रहेको हो ।
तराईका केही भू–भागमा हुस्सु/कुहिरो लागेको छ । महाशाखाका अनुसार आज कर्णाली, गण्डकी र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू-भागहरूका केही ठाउँमा दिउँसो र राति हिमपातको सम्भावना छ ।
भोलि (बिहीबार) बाट सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत पहाडी भू-भागमा बदली भई हिमपातका साथै वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।