पाइलट केसीको सालिकसहित उद्यान निर्माण गरिने

पोखरामा गत आइतबार बिहान भएको यती एयरलाइन्सको ‘नाइन एन एनसी एटीआर–७२’ विमान दुर्घटनामा मृत्यु भएका विमान पाइलट कमल केसीको शालिक निर्माण गरिने भएको छ ।

कास्कीको रूपा गाउँपालिकाले केसीको स्मरणमा सालिकसहित उद्यान निर्माण गरी दुर्घटनामा निधन भएका ७२ जनाको शिलालेखमा नाम समावेश गर्ने निर्णय गरेको हो । स्व. केसी रूपा गाउँपालिका–३ पोल्याङ निवासी हुन् । 

गाउँपालिकाले उनलाई २०७८ सालमा रूपारत्न सम्मानबाट समेत सम्मान गरेको थियो । केसी गाउँपालिकाको पहिलो पाइलट एवं प्रशिक्षक थिए । ​गाउँपालिका अध्यक्ष नवराज ओझाले पाइलट केसीको मृत्युले गाउँपालिकालाई अपूरणीय क्षति पुगेको बताए ।

मंगलबार बसेको गाउँ कार्यपालिका बैठकले केसीको सालिकसहित उद्यान निर्माण गर्ने, शिलालेखमा नाम समावेश गर्ने र स्थानीय पाठ्यपुस्तकमा केसीका बारेमा समावेश गराउने निर्णय गरेको हो । 





  • प्रकाशित मिति : माघ ४, २०७९ बुधबार ९:३६:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया