नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति हुने बताएका छन् । राष्ट्रपति पदमा अब आफ्नो पार्टीले प्रस्ताव गरेको व्यक्ति चयन हुने जिकिर गर्दै उनले त्यस्तो बताएका हुन् ।
बुधबार सभामुख पदका लागि ईश्वरी न्यौपानेको मनोनयनपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भने, ‘कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति देख्न पाउनुहुनेछ ।’
कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।