काठमाडौं महानगरले माग्यो २५ जना शिक्षण सहजकर्ता र १२० जना शिक्षण सहयोगी

काठमाडौं महानगरपालिकाले २५ जना शिक्षण सहजकर्ता र १२० जना शिक्षण सहयोगीको माग गरेको छ । महानगरले पालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयको एसइई नतिजा सुधार गर्न भन्दै सो संख्यामा शिक्षण सहयोगी मागेको हो ।  

शैक्षिक सत्र २०७९ मा एसइई परीक्षामा सहभागी हुने विद्यार्थीको सिकाइमा सहयोग तथा सहजीकरण गर्न भन्दै महानगरपालिकाको शिक्षा विभागले सूचना जारी गर्दै विज्ञ सहजकर्ता र शिक्षण सहयोगी माग गरेको हो । 

विभागले खुला विज्ञापनमार्फत गणित, विज्ञान,अंग्रेजी, सामाजिक र नेपाली विषयका लागि पाँच÷पाँच जना माग गरेको हो । 

शिक्षण सहजकर्ताको लागि विश्वविद्यालयका प्राध्यापक, मावि शिक्षक वा अधिकृतस्तरबाट अनिवार्य अवकाश भएका सम्बन्धित विषयका विज्ञ वा विभिन्न संघ संस्थामा कार्य गरेका कम्तीमा १० वर्ष अनुभव भएका व्यक्तिले सात दिनभित्र आवेदन दिन सक्नेछन् ।

विभागले शिक्षण सहयोगीका लागि गणित र विज्ञान विषयको लागि ६०–६० जना माग गरेको छ । यसका लागि सम्बन्धित विषयमा स्नातक तह उतीर्ण गरी कम्तीमा २ वर्ष शिक्षण अनुभव हुनेले आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।





  • प्रकाशित मिति : माघ ४, २०७९ बुधबार १७:६:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया