एमाले मधेस प्रदेश कमिटीको सचिवालय बैठक सम्पन्न
फरकधार / ४ माघ, २०७९

नेकपा एमाले मधेस प्रदेश कमिटीको सचिवालय बैठक सम्पन्न भएको छ । बुधबार महोत्तरीको बर्दिबासमा सम्पन्न बैठकले विभिन्न निर्णयहरु गरेको छ ।
 
नेकपा एमालेले आगामी चैत मसान्तसम्ममा प्रदेश अधिवेशन सम्पन्न गर्ने, माघ २० गतेसम्ममा सबै जिल्ला कमिटी बैठक सम्पन्न गर्ने तथा फाल्गुन भित्र संगठित सदस्यता नविकरण तथा अभिलेखीकरण गर्ने निर्णय गरेको बैठकमा सहभागी प्रदेश कमिटी सचिवालय  सदस्य एवं प्रदेश अधिवेशन प्रसारप्रचार संयोजक सोमप्रसाद शर्माले जानकारी दिए । 



बैठकले महोत्तरी जिल्लाको अधिवेशन चैत्र १५ भित्र सम्पन्न गर्ने, आसन्न स्ववियु निर्वाचन  सम्पन्न गर्न विद्यार्थी संगठन परिचालन गर्ने निर्णयसमेत गरिएको शर्माले बताए । 

नेकपा एमालेका मधेस प्रदेशका अध्यक्ष रामऔतार यादवको अध्यक्षता एवं केन्द्रीय सचिव रघुवीर महासेठको प्रमुख आतिथ्यमा सम्पन्न बैठकमा नेकपा एमालेका सांसद लीलानाथ श्रेष्ठ, सुमन प्याकुरेललगायत प्रदेश कमिटीका सदस्यको उपस्थिति थियो ।





  • प्रकाशित मिति : माघ ४, २०७९ बुधबार १८:३९:१३,   अन्तिम अपडेट : माघ ४, २०७९ बुधबार १८:४०:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया