एस टी–२० क्रिकेट लिगको उपाधि पुल्चोक क्रिकेट क्लबलाई

एस टी–२० क्रिकेट लिगको उपाधि पुल्चोक क्रिकेट क्लबले हात पारेको छ । भक्तपुरको सल्लाघारीस्थित सैनिक महाविद्यालयको क्रिकेट मैदानमा बुधबार सम्पन्न खेलमा पुल्चोकले सो उपाधि पाएको हो ।

एस स्पोर्ट्स एण्ड इभेन्ट्स प्रालिले पुस २७ गतेदेखि आयोजना गरेको लिगको आजको फाइनल खेलमा किङ्ग्स क्रिकेट क्लबलाई हराउँदै नगद ४५ हजारसहितको उपाधि हात पारेको हो ।

खेलमा उपाधि हात पार्ने पुल्चोक क्रिकेट क्लब तथा दोस्रो हुने किङ्ग्स क्रिकेट क्लबलाई सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य सोविता गौतम र प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मेडल तथा सिल्ड प्रदान गरे ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी तथा खेलको म्यान अफ द म्याच सागर थापा घोषित भए भने नवीन यादव, सुवास खत्रीले उत्कृष्ट बलरको उपाधि हात पारे । 

उपत्यकाका विभिन्न क्लबका आठ टिम सहभागी प्रतियोगिता युवालाई क्रिकेट खेलप्रति रुचि जगाउन र नेपालको नाम विश्वमा उच्चरूपमा राख्ने अभिप्रायले आयोजना गरेको आयोजक प्रमुख एवं १९ वर्षीय क्रिकेट खेलाडी सर्वोच्च बस्नेतले बताए ।

कोरोना महामारीपछि उपत्यकामा यस्ता प्रकारको खेल आयोजना हुन छाडेपछि खेल प्रेमीमा उत्साह ल्याउन प्रतियोगिता आयोजना गरिएको उनले बताए । एस स्पोर्ट्स चर्चित क्रिकेट खेलाडी र क्रिकेटप्रेमी मिलेर सञ्चालनमा आएको हो ।



केही महिनाअघि ललितपुरमा मुलुकमै पहिलोपल्ट इन्डोरको फुल कोर्टमा प्रतियोगिता गराएर चर्चा आएको एस स्पोर्ट्सले नयाँ युवालाई प्रतियोगितामा सहभागिता गराएर खेलमा आकर्षक बनाएको आयोजक संस्थाका निर्देशक सुनिलकुमार ठकुरीले बताए ।



  • प्रकाशित मिति : माघ ४, २०७९ बुधबार २१:५०:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया