आजको मौसम : पश्चिम नेपालमा हिमपातसँगै वर्षाको सम्भावना
फरकधार / ५ माघ, २०७९

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण मौसममा बदली आएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार खासगरी आज पश्चिम नेपालको सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली भएको हो ।  



आज दिउँसो र राति पश्चिम नेपालका केही ठाउँमा सामान्य वर्षा हुने र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

शुक्रबार पनि कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्का वर्षा हुने अनुमान गरिएको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा भने शुक्रबार र शनिबार नै हिमपात हुनेछ । 



आज बिहान तराईमा भने हुस्सु र कुहिरो लागेको छ । हुस्सु र कुहिरोले सडक र हवाई यातायात पनि प्रभावित हुनसक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । 
 



  • प्रकाशित मिति : माघ ५, २०७९ बिहीबार ८:६:३९,   अन्तिम अपडेट : माघ ५, २०७९ बिहीबार ८:७:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया