सम्पूर्ण क्रिकेट प्रारूपबाट संन्यास लिने हसिम अमलाको घोषणा

दक्षिण अफ्रिकाका चर्चित ब्याटर हसिम अमलाले सम्पूर्ण क्रिकेट प्रारूपबाट संन्यासको घोषणा गरेका छन् । ३९ वर्षीय अमलाले बुधबार सबै प्रारूपका क्रिकेटबाट संन्यास लिने घोषणा गरेका हुन् ।

उनी दक्षिण अफ्रिकाका लागि टेस्टमा सर्वाधिक रन बनाउने दोस्रो खेलाडी हुन् । पूर्वकप्तान समेत रहेका अमलाले १ सय २४ टेस्टमा ९ हजार २८२ रन बनाएका छन् ।

उनले सन् २००४ देखि २०१९ सम्म दक्षिण अफ्रिकाका लागि खेल्दा सबै ढाँचामा १८ हजार ६७२ रन बनाएका छन् । अमलाले दक्षिण अफ्रिकाका लागि १ सय ८१ एकदिवसीय र ४४ टी–२० अन्तर्राष्ट्रिय पनि खेल खेलेका थिए ।  





  • प्रकाशित मिति : माघ ५, २०७९ बिहीबार ९:२९:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया