डा‍. रुइतका अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिनेछ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिष्ठित इसा अवार्ड सम्मानित वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतलाई बधाई दिएका छन् ।

उनले मानव कल्याणको क्षेत्रमा डा. रुइतको योगदान देशकै लागि प्रतिष्ठित र प्रशंसनीय रहेको पनि उल्लेख गरेका छन् । साथै, प्रधानमन्त्री प्रचण्डले राज्यसँग डा. रुइतले गरेका अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिने पनि बताएका छन् ।

‘वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतले प्रतिष्ठित इसा अवार्ड प्राप्त गर्नु भएकोमा हार्दिक बधाई ज्ञापन गर्दछु । मानव कल्याणको क्षेत्रमा उहाँको योगदान देशकै लागि प्रतिष्ठित र प्रशंसनीय छ । राज्यसँग उहाँले गरेका अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिनेछ,’ प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन् ।

डा. रुइतले बुधबार आयोजित पत्रकार सम्मेलनमा आफूले पाएको अवार्ड ठूलो र सम्मानित भएको बताउँदै राज्यले पनि त्यसको महत्व बुझ्नुपर्ने बताएका थिए ।

‘अन्तर्राष्ट्रिय जगतमा नेपालको गिर्दो छवीलाई यो अवार्डले केही लिफ्ट गरेको छ । यसलाई राज्यले पनि बुझ्नुपर्छ । म हेरिरहेको छु राज्यले मलाई कसरी रेस्पोन्स गर्छ’, रुइतले भनेका थिए ।





  • प्रकाशित मिति : माघ ५, २०७९ बिहीबार १०:१३:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया