इन्टर मिलान सातौँपटक इटालियन सुपर कप च्याम्पियन

इटालियन सुपर कप फुटबलको उपाधि इन्टर मिलानले जितेको छ । 

गएराति साउदी अरेबियाको किङ फाहद अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा एसी मिलानलाई ३–० हराउँदै इन्टर सुपर कप च्याम्पियन बनेको हो । 

इन्टरलाई उपाधि दिलाउने क्रममा फेडेरिको डिमाक्रो, एडिन डिजेको र लौटारो मार्टिनेजले एक/एक गोल गरे । खेलको दसौँ मिनेटमा फेडेरिकोले गोल गर्दै इन्टरलाई सुरुआती अग्रता दिलाएका थिए । 

२१ औं मिनेटमा एडिनले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । पहिलो हाफमा २–० ले अगाडि रहेको इन्टरका लागि ७७ औं मिनेटमा मार्टिनेजले गोल गर्दै ३–० गोलको जित पक्का गरे ।

इन्टरले इटालियन सुपर कपको उपाधि सातौँपटक जितेको हो ।  





  • प्रकाशित मिति : माघ ५, २०७९ बिहीबार १०:३८:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया