सभामुखको निर्वाचनअघि प्रचण्ड र पौडेलबीच भेटवार्ता

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । उनी प्रचण्डलाई भेट्न आज बिहान बालुवाटार पुगेका थिए ।  

सभामुखको निर्वाचन हुनुअघि प्रचण्ड र पौडेलबीच भेटवार्ता भएको हो । सभामुखको निर्वाचन आज हुँदैछ ।

सभामुखका लागि सत्ता गठबन्धनबाट नेकपा एमालेका नेता देवराज घिमिरे र विपक्षी गठबन्धनबाट कांग्रेसकी नेतृ ईश्वरी न्यौपाने उम्मेदवार छन् । 





  • प्रकाशित मिति : माघ ५, २०७९ बिहीबार ११:९:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया