नयाँ सभामुखले नागरिकको चासोलाई ध्यानमा राखेर काम गर्नुहुनेछ : गृहमन्त्री लामिछाने

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले एमाले सांसद देवराज घिमिरे सभामुख पदका लागि सक्षम उम्मेदवार भएको बताएका छन् ।

आज सुवासचन्द्र नेम्बाङले ‘देवराज घिमिरेलाई सभामुखमा निर्वाचित गरियोस्’ भनी राखेको प्रस्तावको समर्थन गर्दै मन्त्री लामिछानलेले घिमिरे सभामुखका लागि सक्षम उम्मेदवार भएको बताएका हुन् । उनले घिमिरेको गौरवमय राजनीतिक इतिहास रहेको दाबी पनि गरे ।

‘देवराज घिमिरेको राजनीतिक जीवनले गौरवमय इतिहास कायम गरेको हामी देख्न सक्छौँ । राजनीतिक हिसाबले फरक–फरक दृष्टिकोण होला तर देवराज घिमिरेबाट संसदीय मर्यादा र विधि पद्धतिलाई अझ बढी परिष्कृत गर्दै यसको मर्यादा राख्नुहुन्छ भन्ने आशा राख्दछु,’ लामिछानेले भने । 

उनले नयाँ सभामुखले दलको स्वार्थमा नभइ आम नागरिकको चासोलाई ध्यानमा राखेर काम गर्नेमा विश्वस्त रहेको पनि उल्लेख गरे ।

‘हाम्रो सबैको हातमा मतदानमार्फत यो देशको भविष्य सुम्पिएका छन् । हामीलाई विश्वास गरेका छन् । कुनै दलको स्वार्थमा होइन आम नागरिकको चासोलाई ध्यानमा राखेर काम गर्नुपर्नेछ भन्ने आशा छ । विगतमा आमसरोकारका विषयमा विगतमा चुके पनि अब भने लाभहानिको हिसाब गरिनेछैन भन्ने लाग्छ,’ लामिछानेले भने ।  





  • प्रकाशित मिति : माघ ५, २०७९ बिहीबार १२:२८:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया