नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रपतिको निर्वाचनमा परिणामुखी नतिजा ल्याउने दाबी गरेका छन्।
बिहीबार सभामुखको निर्वाचनपछि संसद् भवनमा पत्रकारसँग कुरा गर्दै शर्माले नेपाली कांग्रेस प्रतिपक्षमा भए पनि संसदको ठूलो दल भएकाले जिम्मेवार रुपमा प्रस्तुत हुने बताए।
कांग्रेस संसद्मा जिम्मेवार, सालिन तथा सबल प्रतिपक्षको भूमिकामा रहने शर्मा बताए।
कांग्रेसले सभामुखको निर्वाचनमा भाग लिएको बताउँदै उनले अब राष्ट्रपतिको निर्वाचनमा प्रतिस्पर्धा गर्दै गर्दा परिणामुखी नतिजा ल्याउने गरी तयारी गर्ने दाबी गरे।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।