कमल थापाले भने -  राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री बनेकोमा खुसी छु
फाइल तस्बिर

राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री बनेकोमा खुसी व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल मार्फत लिङ्देनसहित राप्रपाबाट मन्त्रीबनेकाहरुलाई बधाई तथा शुभकामना दिएका छन् । 

‘केही असहमति, मतभिन्नता र केही चित्त दुखाईका वावजुद मैले धेरै आडभरोसा र विश्वास गरेको राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन देशको उपप्रधानमन्त्रि जस्तो गरीमामय पदमा नियुक्त हुनुभएकोमा खुसी लागेको छ,’ उनले लेखेका छन्, ‘राप्रपाका सहकर्मी मित्रहरू विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान र प्रिय भाई दिपक सिंह मन्त्री हुनुभएकोमा बधाई र शुभकामना ।’
 





  • प्रकाशित मिति : माघ ५, २०७९ बिहीबार १६:१७:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया