नेपाली कांग्रेसले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनअघि संविधान संशोधन गर्न माग गरेको छ । संविधान र ऐनका व्यवस्थाबीच विरोधाभास रहेको भन्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले यस्ताे माग उठाएका हुन् ।
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका विषयमा संविधान र ऐनमा फरक–फरक व्यवस्था हुँदा विरोधाभास रहेको भन्दै उनले संविधानबमोजिम ऐनको व्यवस्थालाई संशोधन गरेर राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा जानुपर्ने बताए ।
संविधानले राष्ट्रपतिको निर्वाचन भएकै दिनदेखि कार्यकाल सुरु हुने भनेको तर, ऐनले कार्यकाल समाप्त हुनुभन्दा एक महिनापहिले नै निर्वाचन हुनुपर्ने भनेको उनले बताए । विरोधाभास रहेकाले संविधानबमोजिम ऐनको व्यवस्था संशोधन गरेर जानुपर्ने बताए ।
ऐनअनुसार जाँदा हरेक कार्यकालमा एक–एक महिना कार्यकाल घटेर जाने भएकाले यहीपटकबाट त्यसलाई संशाेधन गरेर जानुपर्ने उनले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।