माइक्रोसफ्टले एकैपटक १० हजार कर्मचारी कटौती गर्ने

प्रविधि कम्पनी माइक्रोसफ्टले एकैपटक १० हजार कर्मचारी कटौती गर्ने भएको छ । अमेरिकासहित विश्वभरको अर्थतन्त्रमा आएको मन्दीलाई कारण देखाउँदै कम्पनीले एकै पटक ठुलो संख्यामा कर्मचारी कटौती गरेको हो ।

यो निर्णयले एकैपटक माइक्रोसफट्को विश्वभर छरिएका ५ प्रतिशत कर्मचारी प्रत्यक्ष प्रभावित बन्नेछन् । यस्तै, कम्पनीको व्यापारमा १।२ बिलियन अमेरिकी डलरको प्रभाव पर्नेछ ।

माइक्रोसफट्का प्रमुख कार्यकारी अधिकारी सत्या नाडेलाले कोरोनाको समयमा धेरै मानिसले प्रविधिमा खर्च बढाए पनि यतिबेला खर्च कटौती गर्न खोजिरहेका छन् । यहीकारण, कम्पनीको व्यापारमा गिरावट आउँदा १० हजार कर्मचारीले रोजगार गुमाउने भएका हुन् ।

यद्यपि, बजारको आवश्यकताअनुसार माइक्रोसफ्टले नयाँ कर्मचारी हायर गरिरहने नाडेलले बताए । उनका अनुसार यतिबेला धेरै क्षेत्रमा मन्दी छाइरहेको छ र प्रविधिको क्षेत्रमा पनि एआईको व्यापक प्रयोग बढेको छ ।

फाइनान्सियल टाइम्सका अनुसार माइक्रोसफ्टले आर्टिफिसियल इन्टेलिजेन्सको क्षत्रमा अर्बौ डलरको लगानी गरिरहेको छ । ओपन एआईले बनाएको च्याट जीपीटीका धेरै लगानीकर्तामध्ये माइक्रोसफ्ट पनि एक हो ।





  • प्रकाशित मिति : माघ ५, २०७९ बिहीबार २०:२६:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया