बेलायती प्रधानमन्त्री सुनकले गुडिरहेको गाडीमा सिट बेल्ट लगाएनन्, प्रहरीले छानबिन गर्ने

बेलायती प्रधानमन्त्री ऋषि सुनकले गुडिरहेको गाडीको प्यासेन्जर सिटमा बस्दा सिट बेल्ट नलगाएपछि बेलायती संसदमा हंगामा भएको छ । 

उनले सामाजिक सन्जालमा एक भिडियो सार्वजनिक गर्दा सिट बेल्ट खोलेका थिए । प्रहरीले उनीमाथि अनुसन्धान पनि गर्ने भएको छ ।

सुनकले चाहिँ आफूले गल्तीले यस्तो गरेको भन्दै माफी मागेका छन् । सामाजिक सन्जालको क्लिपका लागि मात्र आफूले सिट बेल्ट खोलेको उनले बताएका छन् ।

बेलायतमा सिट बेल्ट नलगाउँदा ५ सय पाउण्ड जरिवाना लाग्छ ।

उनका प्रवक्ताले गल्ती महसुस गरेर प्रधानमन्त्रीले माफी मागेको र सबैले सिट बेल्ट लगाउनु पर्ने धारणा उनको रहेको बताएका छन् ।





  • प्रकाशित मिति : माघ ६, २०७९ शुक्रबार ५:४०:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया