साउदी अरबको रियाद अल स्टार्स–११ विरुद्धको मैत्रीपूर्ण खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) ५–४ गोल अन्तरले विजयी भएको छ । गएराति सम्पन्न खेलमा पिएसजीको जितमा लिओनल मेस्सी, केलियन एमबाप्पे, मार्किन्हस, सर्जियो रामोस र ह्युगो एकिटिकेले एक/एक गोल गरे ।
रियादका लागि कप्तान क्रिस्टियानो रोनाल्डोले दुई, एन्डरसन तालिस्का र जाङ ह्युन सुले एक/एक गोल फर्काए । खेलमा मेस्सीले तेस्रो मिनेटमै गर्दै पिएएसजीलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ३१औं मिनेटमा पिएसजीका गोलकिपर किलोर नाभासले रोनाल्डोलाई फउल गरेपछि रियादले पेनाल्टी पायो । पेनाल्टीमा रोनाल्डो चुकेनन् ।
जुवान बर्नाटले ३९औं मिनेटमा रातोकार्ड पाएपछि पिएसजी १० खेलाडीमा सीमित भयो । केलियन एम्बाप्पेको क्रसमा गोल गर्दै मार्किन्योसले खेलको ४२औं मिनेटमा पुनः पिएसजीलाई अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयमा नेयमार पेनाल्टीमा चुक्दा पिएसजीले अग्रता फराकिलो पार्न असफल भयो ।
पहिलो हाफको इन्जुरी समयमै रोनाल्डोले गोल गर्दै खेललाई २–२ को स्थितिमा ल्याए । ५३औं मिनेटमा सर्जियो रामोसले गोल गदै पिएसजीलाई ३–२ को अग्रता दिलाए । त्यसको ३ मिनेट नबित्दै रियाद–११ का हेयोन सो जाङले गोल गर्दै खेललाई ३–३ को बराबरीको स्थितिमा ल्याए ।
एम्बाप्पेले ६०औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै पिएसजीलाई अग्रता दिलाए । हुगो इकिटिकीले ७८औं मिनेटमा गोल गर्दै पिएसजी ५–३ अगाडि बढ्यो । एन्डर्सन टालिस्काले खेलको इन्जुरी समयमा गोल गरे पनि रियाद ११ ले ५–४ ले खेल गुमायो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।