उपसभामुखका लागि आज मनोनयन दर्ता, भोलि निर्वाचन

प्रतिनिधि सभाको उपसभामुखका लागि उम्मेदवारी दर्ता आज गरिँदैछ । शुक्रबार दिउँसो १ देखि ४ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय रहेको   संसद् सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार उम्मेदवारी दर्ता नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा हुनेछ । उपसभामुखको निर्वाचन भने भोलि (शनिबार) हुनेछ ।

शनिबार बस्ने प्रतिनिधिसभाको बैठकले मत विभाजन प्रणालीबाट उपसभामुख चयन गर्नेछ । बिहीबार सभामुखको चयन भएको थियो । सभामुखमा एमालेबाट देवराज घिमिरे निर्वाचित भइसकेका छन् ।

सभामुख र उपसभामुखमध्ये एकजना महिला अनिवार्य हुनुपर्ने भएकाले शनिबार हुने उपसभामुखको चुनावमा महिला मात्र उम्मेदवार हुनेछन् । सभामुख र उपसभामुखको पार्टी पनि फरकफरक हुनुपर्ने कानुनी व्यवस्था रहेकाले एमालेबाट उपसभामुखको उम्मेदवार हुने छैनन् ।
 
सभामुख सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित भएकाले उपसभामुख पनि सत्ता गठबन्धनकै निर्वाचित हुने सम्भावना बढी छ । विपक्षी दलबाट उम्मेदवारी पर्छ वा पर्दैन भन्ने निश्चित भएको छैन ।

सत्ता गठबन्धनमा उपसभामुखको राष्ट्रिय स्वतन्त्र पार्टीका लागि दिने सहमति भएको छ । उपसभामुख कसलाई बनाउने भन्ने विषयमा आज रास्वपाको संसदीय दलको बैठक बस्दैछ । रास्वपामा सोविता गौतम, डा. चन्दा कार्की, सुमना श्रेष्ठ, इन्दिरा रानामगरलगायतले उपसभामुखमा आकांक्षा राखेका छन् । ​

यस्तो छ उपसभामुखको निर्वाचन तालिका



 



  • प्रकाशित मिति : माघ ६, २०७९ शुक्रबार ७:२७:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया