राष्ट्रिय युवा संघ महाधिवेशन चैतमा

नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघको नवौँ राष्ट्रिय महाधिवेशन आगामी चैतमा गर्ने निर्णय गरिएको छ । युवा सङ्घको पदाधिकारी बैठकले आगामी चैत २७ देखि २९ गतेसम्म बाँकेको नेपालगञ्जमा गर्ने निर्णय गरेको सङ्घका अध्यक्ष किरण पौडेलले जानकारी दिए । यसअघि युवा सङ्घको आठौँ राष्ट्रिय महाविधेशन २०६९ मा बुटवलमा भएको थियो । 

त्यसयता सहमतिको आधारमा पार्टीले युवा सङ्घको केन्द्रीय कमिटी बनाउँदै आएको थियो । बुटवलमा भएको महाधिवेशनमा महेश बस्नेत अध्यक्षमा निर्वाचित भएका थिए । त्यसपछि सहमतिको आधारमा निरू पाल, राजिव पहारी, रमेश पौडेल र बचनबहादुर सिंह युवा सङ्घको अध्यक्ष भए ।

महाधिवेशनका लागि आगामी फागुन महिनाभित्र जिल्ला, पालिका र वडास्तरको अधिवेशन गर्ने निर्णय गरेको सङ्घका अध्यक्ष पौडेलले बताए । महाधिवेशनका लागि अध्यक्ष पौडेलको संयोजकत्वमा महाविधेशन मूल व्यवस्थापन समिति गठन गरिएको छ । बैठकले पार्टी र सङ्घको हितविपरीत काम गर्ने पाँच जनालाई निष्काशन गरेको छ ।

महाधिवेशनको तयारीका लागि सङ्घको केन्द्रीय बैठक आगामी माघ १९ र २० गते गर्ने निर्णय गरिएको छ ।   





  • प्रकाशित मिति : माघ ६, २०७९ शुक्रबार ७:३४:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया