भिल्लारियलविरुद्ध रियल मड्रिडको रोमाञ्चक जित

रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा पुगेको छ । गएराति सम्पन्न खेलमा भिल्ला रियललाई ३–२ गोलले हराउँदै रियल क्वाटरफाइनलमा पुगेको हो । 

रियल दुई गोलको अग्रता उल्टाउँदै जित निकाल्न सफल भयो । खेलको चौथो मिनेटमा इटिने कपौएले गोल गर्दै भिल्लालाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ४२ औं मिनेटमा सामुएल चुक्वेजेले गोल गरेपछि भिल्लाको अग्रता दोब्बर भयो । दोसो हाफमा रियल खेलमा फर्कियो । खेलको ५७ औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई २–१ को स्थितिमा ल्याए ।

६९ औं मिनेटमा इडर मिलिटाओले गोल गर्दै रियल २–२ को बराबरीमा आयो । खेलको ८६ औं मिनेटमा डानी सेबालोसले गोल गर्दै रियललाई ३–२ को रोमाञ्चक जित दिलाए । 





  • प्रकाशित मिति : माघ ६, २०७९ शुक्रबार ८:३०:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया