हुम्लामा हिमपात, बाली सप्रिनेमा किसान आशावादी

हुम्लामा गएरातिदेखि हिमपात सुरु भएको छ । विगत वर्षमा मङ्सिर र पुसमै हिउँ पर्ने गरे पनि यसपालि भने ढिला हिमपात सुरु भएको हो ।

सिमकोटमा एक फिटसम्म हिउँ जमेको छ । लामो समयपछि हिउँ पर्दा स्थानीय बिहानैदेखि रमाइलो गर्न थालेका छन् । गएरातिदेखि लगातार हिमपात हुँदा उत्तरी नाम्खा गाउँपालिका–६ लिमीको जनजीवन कष्टकर बनेको छ । 

लिमी, मुचु, खगालगाउँ, तिल, जाङ गाउँलगायत स्थानमा बढी हिमपात भएको छ । बाक्लो हिउँका कारण आवतजावतमा समस्या भएको स्थानीयवासीले बताएका छन् । हिमपात हुँदा कोदो, चिनु, फापरलगायत कात्तिके बाली सप्रिनेमा किसान आशावादी छन् ।  





  • प्रकाशित मिति : माघ ६, २०७९ शुक्रबार ८:५७:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया