कांग्रेसले उपसभामुखबारे सत्तामा नरहेका दलसँग पनि छलफल गर्ने

नेपाली कांग्रेसले उपसभामुखको उम्मेदवारबारे सत्तामा नरहेका अन्य दलहरूसँग पनि छलफल गर्ने भएको छ । आज बिहान बसेको कांग्रेसका शीर्ष नेताको बैठकमा अरू दलसँग उपसभामुखको उम्मेदवारबारे छलफल गर्ने सहमति भएको हो ।

सत्तामा नरहेका अरू दलले उम्मेदवार नदिए आफ्नै दलबाट उम्मेदवार उठाउने भन्दै बैठकमा केही नाममा छलफल भएको छ । केन्द्रीय सदस्यसमेत रहेका सांसदहरू अम्बिका बस्नेत, सरिता प्रसाईं, मुक्ताकुमारी यादवलगायतको नाममा चर्चा भएको थियो । 

कांग्रेसले सभामुखमा पनि महिलालाई उम्मेदवार बनाएको थियो । संसद सचिवालयका अनुसार शुक्रबार उम्मेदवारको मनोनयन दर्ता र शनिबार उप सभामुखको निर्वाचन गर्ने कार्यतालिका छ । 





  • प्रकाशित मिति : माघ ६, २०७९ शुक्रबार १२:२८:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया