उपसभामुखमा रास्वपाकी इन्दिरा राना मगरको उम्मेदवारी दर्ता

सत्ता गठबन्धनको तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की इन्दिरा राना मगरले प्रतिनिधि सभाको उपसभामुखमा उम्मेदवारी दर्ता गरेकी छन् । 

आज बसेको संसदीय दलको बैठकले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । मगरको प्रस्तावकमा सोबिता गौतम रहेकी छन् । 

उनको समर्थकमा नेकपा माओवादी केन्द्रका नारायणी शर्मा, राप्रपाका राजेन्द्र लिङ्देन र एमालेका कृष्णगोपाल श्रेष्ठ रहेका छन् । 

सत्ता गठबन्धनमा शक्ति बाँडफाँट गर्ने क्रममा रास्वपालाई उपसभामुखको पद भाग परेको थियो । प्रतिनिधिसभाको शनिबार बस्ने बैठकमा उपसभामुख चयनका लागि मतविभाजन हुनेछ । 

सभामुखमा सत्ता गठबन्धनको समर्थनमा एमालेका देवराज घिमिरे निर्वाचित भइसकेका छन् । 





  • प्रकाशित मिति : माघ ६, २०७९ शुक्रबार १३:३१:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया