शहीदहरूको अपमान गरिएको भन्दै कांग्रेस मधेस प्रदेशको आपत्ति

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा मधेस आन्दोलनका शहीदहरूको अपमान गरिएको भन्दै नेपाली कांग्रेस मधेस प्रदेश कार्य समितिले आपत्ति जनाएको छ । 

नेपाली कांग्रेस मधेस प्रदेशका सभापति कृष्ण प्रसाद यादवले शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै मधेस वलिदानी दिवसका अवसरमा आन्दोलनका शहीदहरूको सम्मानका लागि प्रतिनिधिसभा सदस्य सीके राउतद्वारा गरिएको मौनधारणको अनुरोधलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतका कतिपय सांसदहरूले अवज्ञा गर्नु दुःखद् रहेको जनाएका हुन् । 

विज्ञप्तीमा भनिएको छ, ‘यो घटनाबाट हाम्रा शासकहरू मधेसका शहीदहरूप्रति समेत वैरभाव राख्छन् भन्ने प्रष्ट हुन्छ । मधेस आन्दोलनका शहीदहरूप्रति प्रधानमन्त्री दाहाल लगायतबाट देखाइएको यो हट्टी रवैया मधेस र मधेशी जनताप्रतिको अपमान पनि हो । यो घटना मधेशीजनविरुद्ध व्याप्त विभेदपूर्ण मानसिकताको उपज हो ।’

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहाललगायत केही मन्त्री र सांसदहरू आसनबाटसमेत नउठेको घटनाले सत्ता र सत्तासिन राजनीतिक दलहरूले मधेस आन्दोलनलाई मान्यता दिन नचाहेको विज्ञप्‍तिमा भनिएको छ । 





  • प्रकाशित मिति : माघ ६, २०७९ शुक्रबार २०:१२:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया