प्रदेश १ मा घटाइयो मन्त्रालयको संख्या
फाइल फाेटाे

प्रदेश १ सरकारले कायम रहेका १३ मन्त्रालयको संख्या घटाएर ९ वटा बनाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश सरकारको कार्यविभिजन नियमावली २०७९ तथा प्रदेश सरकार कार्यसम्पादन नियमावली २०७९ लाई संशोधन गर्दै ९ वटा मन्त्रालय कायम गरेको हो ।

प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले हाल कायम १३ मन्त्रालयको संख्या घटाउने निर्णय यसअघि नै गरेको थियो । जस अनुसार मन्त्रालयको कार्यविभाजन र कार्यसम्पादन गर्न प्रदेश सरकारको कार्यविभाजन नियमवाली २०७९ र प्रदेश सरकार कार्यसम्पादन नियमावली २०७९ लाई स्वीकृत गरिएको छ । 

मुख्यमन्त्री कार्कीले आर्थिक मामिला तथा योजना र आन्तरिक मामिला तथा कानुन मन्त्रालय आफैँसँग राखेपनि अन्य मन्त्रालयको भने मन्त्रीहरुलाई जिम्मेवारी दिइसकेका छन् ।  





  • प्रकाशित मिति : माघ ७, २०७९ शनिबार ९:१७:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया