नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले भेटवार्ता गरेका छन् ।
शुक्रबार भएको भेटवार्तामा दुई देश तथा दुई पार्टीको बीचमा कुराकानी भएको बताइएको छ ।
पुस २४ गते नेपाल आइपुगेका राजदूत चेनले अहिले विभिन्न दलका नेताहरुसँग भेटघाट गरिरहेका छन् । हिजै उनले उपप्रधान तथा अर्थ मन्त्री विष्णु पौडेललाई समेत भेटेका थिए ।
अर्थ मन्त्रालयमा गएर अर्थमन्त्री पौडेललाई भेटेका राजदूत चेनले द्वीपक्षीय सम्बन्ध र सान्दर्भिक मुद्दाहरुको विषयमा छलफल गरेको जनाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।