प्रभु साहको प्रश्न : उपप्रधानमन्त्रीको झुण्डले के देशमा सुशासन ल्याउँछ ?

आमजनता पार्टीका अध्यक्ष एवं सांसद् प्रभु साहले उपप्रधानमन्त्रीको झुण्डले देशमा सुशासन नल्याउने बताएका छन्। प्रतिनिधिसभामा बोल्दै सांसद् साहले सदाचारका कुरा मात्रै गर्न नहुने बताए। 

पदले समाज परिवर्तन नहुने उल्लेख गर्दै साहले भने, ‘उपप्रधानमन्त्री केका लागि बनाइएको हो ? सदाचारका कुरा गर्ने। पदको सृष्टि गरेर देश समृद्ध हुँदैन।’ 

‘भागबण्डाले देशलाई समृद्धिमा लैजान्छ ? अहिले बनेका उप यति जरुरी थियो नेपालमा ? उनले प्रश्न गरे, ‘उपप्रधानमन्त्रीको झुण्डले के देशमा सुशासन ल्याउँछ ? के नेपाली जनतालाई उत्साहित गर्छ?’





  • प्रकाशित मिति : माघ ७, २०७९ शनिबार १६:५९:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया