कांग्रेस प्रवक्ताको प्रश्न : वर्तमान गठबन्धन जारी रहोस्, तर संविधानको रक्षा नगर्नेलाई राष्ट्रपति दिँदा परिणाम के होला ?

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संविधानमाथि खतरा उत्पन्न भएको बताएका छन् । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटनका विषयमा दिएको अभिव्यक्तिले फेरि संविधानमाथि खतरा देखिएको उनको भनाइ छ ।

संसद् भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता महतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई संविधानको पक्षमा उभिने कि नउभिने ? भन्दै प्रश्न गरे । 

‘संविधानमाथि खतरा उत्पन्न भएको छ । ओलीजीले संसद् विघटन मुख्य मुद्दा बनाउनुभएको छ, उनले भने, ‘त्यसैले हामी जागरुक भएका हौँ । प्रचण्डजी गठबन्धन छोडेर जानुभयो, अब संविधानको पक्षमा उभिने कि नउभिने ?’

महतले वर्तमान सत्ता गठबन्धन जारी रहोस् भन्ने कामना गर्दै आफूहरुले सत्तामा जान यो कुरा गरिनरहेको बताए । 

उनले भने, ‘वर्तमान गठबन्धन जारी रहोस्, तर संविधानको रक्षा नगर्नेलाई राष्ट्रपति दिँदा परिणाम के होला ? मूल्यांकन गर्नु जरुरी छ ।’





  • प्रकाशित मिति : माघ ७, २०७९ शनिबार १७:५८:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया