यी हुन् उपसभामुखको निर्वाचनमा अनुपस्थित १० सांसद

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित भएकी छिन्। शनिबारको प्रतिनिधिसभा बैठकले मतविभाजनबाट रानालाई उपसभामुखमा चयन गरेको हो।

२७५ सदस्यीय प्रतिनिधिसभामा उपसभामुखको निर्वाचनमा २६४ सदस्य मात्रै उपस्थित थिए । रानालाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६६ मत परेको छ। उपसभामुख चुन्न १३८ संख्या आवश्यक पर्छ। बैठकमा रानाको विपक्षमा ९७ मत परेको छ भने १ सांसद तटस्थ बसेका छन्।

उपसभामुखको निर्वाचनमा १० जना सांसद अनुपस्थित रहे । आजको बैठकमा वर्षमान पुन कृष्णकुमार श्रेष्ठ, धनबहादुर बुढा, धवलशमशेर जबरा, बिनाकुमारी थनैत, मनोरमा शेरचन, राजेन्द्रप्रसाद पाण्डे, सपनाराज भण्डारी, लक्ष्मी महतो कोइरी र टेकबहादुर गुरूङ (निलम्बित) अनुपस्थित रहे । 

सभामुख देवराज घिमिरे उपसभामुखका लागि भएको निर्वाचन प्रक्रियामा सहभागी भएनन् । 





  • प्रकाशित मिति : माघ ७, २०७९ शनिबार १८:४९:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया