सुर्खेतमा गाडी दुर्घटना : चारको मृत्यु, एकजना घाइते
फरकधार / ८ माघ, २०७९

सुर्खेतमा गाडी दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । दुर्घटनामा एकजना घाइते भएका छन् । 



प्रहरीका अनुसार आज बिहान साढे २ बजे छिन्चुबाट वीरर्न्द्रनगरतर्फ जाँदै गरेको बा.प्र.०१०२६च ९२१३ नम्बरको डबल क्याप हाइलेक्स गाडी वीरेन्द्रनगर–११ झुप्राखोलास्थित रत्नराजमार्गमा दुर्घटना भएको हो । 

दुर्घटनामा गाडी चालक वीरेन्द्रनगर–७ का २७ वर्षीय सागर शाही, दैलेख डुङ्गेश्वर गाउँपालिका–५ का ३३ वर्षीय दीपेन्द्रजंग शाही, दैलेख भगवतीमाई गाउँपालिका–५ का ३१ वर्षीय बबिन शाही र दैलेख गुराँस गाउँपालिका–३ का ३६ वर्षीय राजेन्द्र बिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी सुरज कार्कीले जानकारी दिए ।



दुर्घटनापछि प्रहरीले उनीहरूलाई उद्धार गरी अस्पताल पुर्‍याएको थियो । चारमध्ये तीनजनाको अस्पताल ल्याउँदै गर्दा र एकजनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  



घाइते भएका दैलेख भैरवी गाउँपालिका–५ का वीरेन्द्रराज शाहीको उपचार भइरहेको छ । गाडी सडकबाट ७०–८० मिटर तल खसेको छ । गाडीमा पाँचजना सवार थिए । दुर्घटनाको कारण खुल्न बाँकी छ ।   

  • प्रकाशित मिति : माघ ८, २०७९ आइतबार ८:५७:५७,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया