ओलीसँगको भेटमा उपेन्द्रले के पाए आश्वासन? सरकारमा सहभागी होला जसपा?

शक्ति बाँडफाँटमा सहमति जुट्न नसक्दा जनता समाजवादी पाटी (जसपा) नेपाल अहिले सरकारमा छैन । सत्ता साझेदार दलहरूबीच शक्ति बाँडफाँटको विषयमा सहमति जुटिसक्दा पनि जसपालाई सरकारमा सामेल गराउने भने प्रयास भने जारी छ ।

शनिबार मात्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा सहभागिताको विषयमा जसपाका अध्यक्ष उपेन्द्र यादवसँग कुरा गरेका छन् । भेटमा ओलीले यादवलाई सरकारमा सहभागी हुन अनुरोध गरेका थिए ।

भेटमा ओलीले निर्वाचनमा पनि मिलेर गएको र अब सरकारमा पनि मिलेर अगाडि बढ्नुपर्ने बताउँदै यादवलाई सरकार गठनका क्रममा समस्या आउँदा सबैलाई मिलाएर लैजाने आश्वासन दिएका हुन् ।

जसपालाई सरकारमा सहभागी गराएर बलियो गठबन्धन बनाउने सरकारमा सहभागी दलहरूको योजना छ । तर, जसपाले भने तत्काल सरकारमा सहभागी हुन आनाकानी गरिरहेको छैन । उपेन्द्र अहिले सांसद नभएकाले पनि जसपाले तत्काल सरकारमा नजाने मुड बनाएका हुन् ।

यद्यपि जसपाका केही सांसद भने सरकारमा सहभागी हुन आतुर छन् । उनीहरूले सरकारमा सहभागिता जनाउनका लागि अध्यक्ष यादवलाई दबाब दिने गरेका खबर पनि सञ्चारमाध्यमका सुनिँदै आएका छन् ।

जसपाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन पनि गरेको छ । ओलीसँगको भेटपछि उपेन्द्रको मुड परिवर्तन भएमा जसपा तत्काल नै सरकारमा सहभागी हुने सम्भावना छ । अहिलेको सरकारले जसपाकै लागि भनेर दुई मन्त्रालय पनि बाँकी राखेको छ ।



प्रतिनिधि सभामा जसपाका १२ जना सांसद छन् । 



  • प्रकाशित मिति : माघ ८, २०७९ आइतबार ९:२०:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया