माओवादी केन्द्रकी केन्द्रीय सदस्य माया बलको निधन

नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य माया बलको निधन भएको छ । माओवादी केन्द्रका महासचिव देव गुरुङका अनुसार काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचाररत बलको गएराति साढे ८ बजे निधन भएको हो ।

घाँटीको क्यान्सरबाट पीडित बलको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार भइरहेको थियो । उनी ०४९ सालमा भएको स्थानीय निकायको निर्वाचनमा नेकपा एमालेबाट जनप्रतिनिधिमा विजयी भएकी थिइन् ।

बल ०५२ सालदेखि माओवादीले सञ्चालन गरेको जनयुद्धमा लागेकी थिइन् ।  





  • प्रकाशित मिति : माघ ८, २०७९ आइतबार ९:२९:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया