जुम्लामा गेडागुडीमा जडिबुटी मिसाएर खाँदा एकको मृत्यु र तीनजना बिरामी परेका छन् । जिल्लाको चन्दननाथ नगरपालिका–८ रोकायाबाडामा गेडागुडीमा जडिबुटी मिसाएर खाँदा स्थानीय ३५ वर्षीय दिपक रोकायाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार ३८ वर्षीय तिल रोकाया, २८ वर्षीय टंक रोकाया र ३० वर्षीय पारस धराला बिरामी छन् । बिरामीमध्ये तिल रोकाया घर धनी हुन् । अरू सबै उनको घर बनाउन लागेका मिस्त्री हुन् ।
गेडागुडी खाइसकेपछि सबै जना एक्कासि बेहोस भएका थिए । उनीहरूलाई तत्काल उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो ।
विरामी भएका तीनजनाको आइसियूमा राखेर उपचार भइरहेको प्रहरीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।