सुर्खेत जिप दुर्घटनामा मृत्यु हुने चारैजना स्वास्थ्यकर्मी

आइतबार बिहान सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ मा जिप दुर्घटनामा परी मृत्यु हुने चारैजना स्वास्थ्यकर्मी रहेको खुलेको छ।

मृत्यु भएकामा दैलेख डुंगेश्वर गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत जनस्वास्थ्य निरीक्षक (छैटौँ) दीपेन्द्रजंग शाही, दैलेख भगवतीमाई गाउँपालिकामा कार्यरत जनस्वास्थ्य निरीक्षक (छैटौं) बबिन शाही र दैलेख गुराँस गाउँपालिकामा कार्यरत जनस्वास्थ्य निरीक्षक (छैटौँ) राजेन्द्र बिसी र फार्मेसी सञ्चालक वीरेन्द्रनगर–७ का २७ वर्षीय सागर शाही छन्। 

पाँचजना सवार बागमती प्रदेश ०१०२६ च ९२१३ नम्बरको डबल क्याप हाइलेक्स जिप शनिबार राति साढे २ बजे वीरेन्द्रनगर–११ झुप्रोखोलास्थित रत्न राजमार्गमा दुर्घटनामा परेको हो।





  • प्रकाशित मिति : माघ ८, २०७९ आइतबार १५:५४:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया