मोदीमाथि बिबिसीले बनाएको वृत्तचित्र प्रसारणमा भारत सरकारले लगायो रोक

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि बिबिसीले बनाएको वृत्तचित्रलाई युट्युब र ट्विटरमा ब्लक गर्न भारतको सूचना र प्रसारण मन्त्रालयले आदेश दिएको छ ।

मन्त्रालयले भिडिओको लिंक सेयर गर्ने झण्डै ५० वटा ट्विटर पोस्टहरूलाई पनि हटाउन निर्देशन दिएको जनाएको छ । बिबिसीले उक्त वृत्तचित्र भारतमा प्रसारण नगरे पनि केही युट्युब च्यानलमा भिडियो अपलोड भएपछि सरकारले ब्लक गर्न निर्देशन दिएको हो ।

मन्त्रालयका सचिव अपूर्व चन्द्रले आइटी नियम २०२१ अन्तर्गत उक्त आदेश दिएका हुन् । भारत सरकारले मोदीबारे बनाइएको उक्त वृत्तचित्र अरु माध्ययमबाट प्रसारणमा पनि रोक लगाएको छ ।

वृत्तचित्रको कुनै पनि क्लिप सामाजिक सञ्जालमा समेत सेयर गर्न प्रतिबन्ध लगाइएको छ । सन् २००२ मा मोदी गुजरातको मुख्यमन्त्री रहेका बेला त्यहाँ दंगा भएको थियो । 

दंगामा एक हजारभन्दा बढी व्यक्तिको ज्यान गएको थियो । ज्यान गुमाउने धेरैजसो मुस्लिम थिए ।  वृत्तचित्र सोही विषयमा बनेको थियो । 





  • प्रकाशित मिति : माघ ८, २०७९ आइतबार १९:२४:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया