श्रीलंकालाई फिफाले गर्यो निलम्बन

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले श्रीलंकालाई निलम्बन गरेको छ । शनिबार बसेको फिफाको ब्युरो बैठकले श्रीलंकालाई निलम्बन गर्ने निर्णय गरेको हो । 

फिफाले आइतबार आफूसम्बद्ध फुटबल संघहरूलाई जारी गरेको सर्कुलरमा दक्षिण एसियाली मुलुक श्रीलंकालाई निलम्बन गरेको उल्लेख छ ।

श्रीलंकाको पुरूष फुटबल टिम फिफा वरीयताको २०७औँ र महिला टिम १५८औँ स्थानमा छ ।

अर्को निर्णय नभएसम्मका लागि श्रीलंकालाई निलम्बन गरिएको फिफाकी महासचिव फात्मा समौराले जनाएकी छन् । 

श्रीलंका फुटबल संघले फिफा र एसियाली फुटबल महासंघ (एएफसी)सँगको सहमतिबेगर निर्वाचन गरेको थियो । उक्त निर्वाचनबाट श्रीलंकाका खेलकुदमन्त्रीको सहयोगी अध्यक्ष बनेका थिए । 

सो फिफाको मापदण्ड अनुसारको नभएको फिफाले जनाएको छ । यसैलाई कारण देखाउँदै फिफाले श्रीलंकाको फुटबल संघलाई निलम्बन गरेको हो ।





  • प्रकाशित मिति : माघ ८, २०७९ आइतबार २२:४:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया