गण्डकी प्रदेशमा अब सात मात्र मन्त्रालय

गण्डकी प्रदेशमा मन्त्रालयको संख्या १२ बाट घटाएर सात बनाइएको छ । सत्तारुढ गठबन्धनका दलहरुबीच भएको सहमति अनुसार ७ मन्त्रालय राख्ने निर्णय गरिएको हो । 

मुख्यमन्त्री स्रोतका अनुासार केन्द्रको निर्देशन र दलहरुबीच छलफल गरेर ०७४ सालकै मन्त्रालय संख्या कायम गर्न लागिएको हो । 

०७८ सालमा तत्कालीन मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले ७ मन्त्रालय फुटाएर ११ पुर्याएका थिए । पछि कांग्रेस नेतृत्वको सरकारले मन्त्रालय संख्या थपेर १२ पुर्याएको थियो ।

मन्त्रालयको नाम भने सोमबार बिहान बस्ने मन्त्रिपरिषद् बैठकले टुंगो लगाउनेछ ।

योसँगै अब गण्डकीमा एमालेका ४, माओवादीका २ र राप्रपाका १ मन्त्री रहनेछन् । 





  • प्रकाशित मिति : माघ ८, २०७९ आइतबार २२:११:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया