साउदी प्रो लिग फुटबलमा क्रिस्टियानो रोनाल्डोले डेब्यु गरेको खेलमा अल नासरले जित निकालेको छ । गएराति सम्पन्न खेलमा नासरले इत्तिफागविरुद्ध १–० गोलको जित निकालेको हो ।
उसका लागि टालिस्काले निर्णायक गोल गरे । घरेलु मैदान एमरसुल पार्कमा भएको खेलमा टालिस्काले ३१ औं मिनेटमा गोल गरेका थिए ।
डेब्यु खेलमा रोनाल्डोले गोल गर्न सकेनन् । उनले लामो प्रतीक्षापछि डेब्यु गरे । म्यानचेस्टर युनाइटेडमा रहँदा लागेको दुई खेलको प्रतिबन्धका कारण रोनाल्डोले पछिल्लो दुई खेल गुमाएका थिए ।
यो जितसँगै नसरले १४ खेलमा ३३ अंक जोडेको छ । ऊ अंक तालिकाको शीर्ष स्थानमा छ । पराजित इत्तिफाग १६ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।