राप्रपा नेपालको केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् छलफलका विषय
फाइल तस्बिर

राप्रपा नेपालको केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्न लागेको हो । 

दुई दिन बस्ने बैठक निर्वाचन र मुलुकको पछिल्लो राजनीतिको समीक्षा, भावी वैचारिक र सांगठनिक योजना कार्यक्रम र रणनीति निर्माणमा केन्द्रित हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

बैठकमा अध्यक्ष थापाले राजनीतिक कार्यपत्र गर्ने छन् । त्यस्तै, सचिवालय सम्बन्धमा महामन्त्री भाष्कर भद्रा, प्रशिक्षण सम्बन्धमा महामन्त्री सुशील श्रेष्ठ ,संगठन सम्बन्धमा महामन्त्री राजाराम बर्तौला, कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीद्वारा आर्थिक र चुनावी समीक्षा सम्बन्धमा उपाध्यक्ष डा।विष्ष्णु भण्डारीले प्रतिवेदन प्रस्तुत गर्ने प्रवक्ता वसन्तमानसिंह अधिकारीले जानकारी दिए ।

प्रतिवेदनमाथि केन्द्रीय सदस्यले टिप्पणीसहित धारणा राख्ने छन् ।  





  • प्रकाशित मिति : माघ ९, २०७९ साेमबार ९:१९:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया