नेपाल टी-२० लिगमा ‘स्पट फिक्सिङ’ गरेको आरोपमा मेहबुब र आदिल पक्राउ
फरकधार / ९ माघ, २०७९

नेपाल टी–२० लिग क्रिकेटमा स्पट फिक्सिङ गरेको आरोपमा दुई क्रिकेटर पक्राउ परेका छन् । 



केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले स्पट फिक्सिङ गरेको आरोपमा नेपाली क्रिकेटरद्वय आदिल अन्सारी र मेहबुब आलमलाई पक्राउ गरेको हो ।   

आदिलले नेपाल टी–२० लिगमा जनकपुर रोयल्सबाट खेलेका थिए । मेहबुबले भने लिग खेलेका थिएनन् । आदिलले गत वर्ष अमेरिकाविरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्‍यू गरेका थिए । 



मेहबुबले भने लामो समयदेखि राष्ट्रिय टोली बाहिर थिए । उनको नाममा एकै खेलमा १० विकेट लिने कीर्तिमान छ । लिगको समयमा उनी भारतमा गएका थिए । त्यहीँबाट उनले क्रिकेटरसँग फिक्सिङका लागि सम्पर्क गरेको प्रहरीको भनाइ छ ।  



स्पट फिक्सिङमा यति रनमा आउट हुने/नहुने, व्यक्तिले यति बलमा यति रन गर्छु, बलरले यति ओभरको यति बलमा लुज बल गर्ने आदिलगायतका विषयमा सेटिङ भएको हुन्छ । त्यसैको आधारमा हुने सट्टेबाजी अनि पैसामा दाउ लगाउने गरिन्छ ।  

  • प्रकाशित मिति : माघ ९, २०७९ साेमबार १३:२७:३४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया