आइसिसी यू–१९ विश्वकप छनोट : नेपालले पहिलो खेल सिंगापुरविरुद्ध खेल्ने

आइसिसी यू–१९ विश्वकप छनोट प्रतियोगिताको तालिका सार्वजनिक भएको छ । प्रतियोगिता फागुन १२ देखि १८ गतेसम्म युनाइटेड अरब इमिरेट्स (यूएई)मा हुनेछ । 

सोमबार सार्वजनिक गरिएको तालिकाअनुसार नेपालले पहिलो खेल सिंगापुरविरुद्ध खेल्ने भएको छ । नेपालले एसिया छनोटमा सिंगापुरलाई पहिलो प्रतिद्वन्द्वी पाएको हो ।

प्रतियोगिताको शीर्ष स्थानमा रहने टिम २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट हुनेछ । नेपाली युवा टोलीले २०१६ पछि यू–१९ विश्वकप खेल्न सकेको छैन । 

नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले आइतबार १४ सदस्य टोली घोषणा गरेका थिए । जसमा आठ खेलाडी पहिलो पटक यू–१९ टोलीमा पर्न सफल भएका छन् ।

सिनियर टोलीबाट खेलिसकेका देव खनाल, गुल्शन झा, विशालविक्रम केसी, अर्जुन कुमाल, दुर्गेश गुप्ता र दीपेश कँडेलले यसअघि यू–१९ राष्ट्रिय टिमबाट खेलिसकेका छन् । अन्य सबै नयाँ खेलाडी हुन् । नेपालले कप्तान भने तोकेको छैन । 

नेपालको खेलतालिका



फागुन १२ गते – नेपालविरुद्ध सिंगापुर 
फागुन १३ गते – नेपालविरुद्ध कुवेत
फागुन १५ गते – नेपालविरुद्ध हङकङ
फागुन १६ गते – नेपालविरुद्ध मलेसिया
फागुन १८ गते – नेपालविरुद्ध यूएई

नेपाली टिम 



आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, उत्तम थापामगर, दीपक डुम्रे, दिपेश कँडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, गुलशन झा, देव खनाल, सुवास भण्डारी, विशाल केसी, मिलन बोहरा ।

रिजर्भ : प्रज्वल थापा, तुलबहादुर थापा, निर्मल थापा, राजेश यादव ।
 

  • प्रकाशित मिति : माघ ९, २०७९ साेमबार २०:२५:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया